समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना, भद्रपुका श्रेष्ठको मृत्युु

झापा, २०८२ भदौ २६ गते । आज साँझ करिब १८:०० बजे झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्ग खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ।

Advertisement

ईलामबाट चारआलितर्फ आउँदै गरेको प्र.३–०२–००७ प ६०९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ५९ वर्षीय राम श्रेष्ठ, भद्रपुर नगरपालिका–६ भानुचोक बस्ने, गम्भीर घाइते भएका थिए।

Advertisement

स्थानियको सहयोगमा उनलाई तत्कालै प्रदेशीय अस्पताल भद्रपुर लगिएको थियो। तर, उपचारको क्रममा चिकित्सकले साँझ करिब १९:०० बजे मृत घोषणा गरेका हुन्। हाल शव सोही अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article