समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापाको अर्जुनधारामा २५ वर्षीय युवक मृत अवस्थामा फेला

झापा, अर्जुनधारा– अर्जुनधारा नगरपालिका–३ जुके खाडीस्थित भदौ २६ गते राति करिब ११:१५ बजे आफ्नै घरमा २५ वर्षीय विजय लिम्बु मृत अवस्थामा फेला परेका छन्।

Advertisement

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक सहितको टोली खटिएको थियो। कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई भदौ २७ गते प्रदेशीय अस्पताल भद्रपुरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार मृतकको टाउकोमा धारिलो हतियार प्रहार गरेको जस्तो देखिने गहिरो चोट भेटिएको हुँदा घटना हत्या हुन सक्ने आशंका गरिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article