समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

रास्वपा नेता सुमना श्रेष्ठले पार्टी छोडिन् : “I QUIT” भन्दै सार्वजनिक गरिन् राजीनामा पत्र

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो वक्तव्यमा उनले पार्टीभित्रका कार्यशैली र नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्दै “I QUIT” भन्दै राजीनामा दिएकी हुन्।

Advertisement

श्रेष्ठले लेखेकी छन् :

Advertisement
  • “कहिल्यै गल्ति नस्विकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने अवस्था बनेको छ।”
  • “पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने संस्कार जरा गाड्दै गएको छ।”
  • “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएकी हुँ, तर त्यसले केही फरक पार्दैन।”

आफ्नो राजीनामा पत्रमा उनले थप लेखेकी छिन् :
“अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। I QUIT। मैले पार्टी छोडेँ।”

साथै, उनले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पुराना पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई समेत सन्देश दिँदै लेखेकी छन् :
“आजको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बहेराले हो। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् – कि हटाउनुहोस्, कि हट्नुहोस्।”

सुमना श्रेष्ठको पार्टी परित्यागसँगै रास्वपाभित्र फेरि आन्तरिक विवाद सतहमा आएको छ। अब यसले आगामी राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्नेबारे चासो बढेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article