धर्म
हल्दिबारी संवाददाता १२ महिना अगाडि

यस वर्षको दसैँको टीकाको साइत असोज १६ गते बिहान ११:५३ मा उत्तम

हल्दिबारी । यस वर्षको दसैँको टीका असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Advertisement

समितिका अनुसार सोही दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने साइत रहेको छ । यसअघि असोज ६ गते सोमबार घटस्थापनाका दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राख्ने साइत तोकिएको छ । त्यस्तै असोज ७ गते मंगलबार बिहान ९ बजेर ५३ मिनेटमा सरकारी कार्यालयमा विजयादशमीको अवसरमा झन्डा फेर्ने साइत तय गरिएको छ ।

Advertisement

समितिले असोज १३ गते बिहान ७ बजेर १५ मिनेटमा फुलपाती भित्र्याउने साइत रहेको जानकारीसमेत दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article