हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेपालभर आज विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं, असोज १ – आज आश्विन सङ्क्रान्तिका दिन नेपालभर विश्वकर्मा पूजा मनाइँदै छ। उद्योग–धन्दा, सवारीसाधन, औजार र मेसिनरीहरूको विशेष पूजा गरेर भगवान् विश्वकर्मालाई सम्झिने परम्परा रहिआएको छ।

Advertisement

हिन्दू धर्मशास्त्रअनुसार विश्वकर्मा देवताका वास्तुविद् तथा प्रथम इन्जिनियर मानिन्छन्। उनी ब्रह्माका वंशज भएकाले तीनै लोकको निर्माण गरेको विश्वास गरिन्छ। सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लङ्का, द्वापरयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरजस्ता अनुपम कृतिहरू उनको नामसँग जोडिएका छन्।

Advertisement

यस दिन विशेष गरी मजदुर, शिल्पकार, व्यापारी, प्राविधिक र इन्जिनियरहरूले आफ्ना कामकाजमा प्रयोग हुने औजार, मेसिन, कारखाना र सवारीसाधनको पूजा गर्छन्। नयाँ सवारी साधन खरिद गर्नेहरूले भद्रकाली, दक्षिणकालीलगायत शक्तिपीठमा पुगी पूजा गर्ने परम्परा छ।

विश्वकर्मा पूजाले उद्योग–व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने र परिवारमा शान्ति–समृद्धि आउने विश्वास गरिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)