प्रवास
हल्दिबारी संवाददाता ११ महिना अगाडि

म कुनै पनि हालतमा बंगालको विसर्जन हुन दिन्न : मुख्यमन्त्री ममता बनर्जी

कोलकाता,  पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले विजयादशमीको दिन दामोदर घाँटी निगम (डीभीसी) माथि गम्भीर आरोप लगाउँदै दक्षिण बंगालका जिल्लामा बाढी जस्तै अवस्था सिर्जना गरेको बताइन्।

Advertisement

सोसल मिडियामा आक्रोश पोख्दै उनले भनिन् – “यो लापरवाह र लाजमर्दो काम हो। यो प्राकृतिक विपत्ति होइन, डीभीसीले बनाएको विपत्ति हो। म स्पष्ट पार्न चाहन्छु— म कुनै पनि हालतमा बंगालको विसर्जन हुन दिन्नँ। सत्य असत्यलाई हराउँछ, र दुर्गा माताको जय हुन्छ।”

Advertisement

शुक्रबार बेलुकीसम्म पानीको बहाव १ लाख ५० हजार क्युसिकभन्दा बढी पुगेको छ। यसले बैंकुड़ा, पूर्व बर्धमान, हावड़ा र हुगलीका धेरै क्षेत्रमा बाढीको आशंका बढाएको छ। प्रशासनलाई सतर्क अवस्थामा राखिएको छ र नदी तटमा कडा निगरानी राखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article