हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– ‘पुराना नेता हटाउँदैमा देश बन्दैन, सहमतिबाट निकास खोजौँ’

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई वर्तमान संकटबाट निकास दिन राष्ट्रिय सहमति अपरिहार्य रहेको बताएका छन्। लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले देशलाई कुनै निकास दिन नसकेको उनको दाबी छ।

Advertisement

​राप्रपा नवलपरासीको जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्न सदरमुकाम परासी पुगेका अध्यक्ष लिङ्देनले विगतका गल्तीबाट पाठ सिक्दै सबै शक्ति एकै ठाउँ उभिनुपर्नेमा जोड दिए।

Advertisement

​”हिजो राजाले दलहरूलाई निषेध गरे होलान्, दलहरूले राजालाई निषेध गरे होलान्, अनि एउटै दलभित्र पनि एउटा गुटले अर्को गुटलाई निषेध गर्‍यो होला,” उनले भने, “तर यो लामो निषेधको राजनीतिले देशलाई सही दिशानिर्देश गर्न सकेन। अब हामी सबै एकै ठाउँमा उभिएर राष्ट्रिय सहमति निर्माण गर्नुको विकल्प छैन।”

​लिङ्देनले केबल ‘पुराना नेताको विस्थापन’ मात्रै मुलुकका सबै समस्याको समाधान नभएको बताए। नेतृत्व परिवर्तनभन्दा पनि राजनीतिक दलहरूबीच न्यूनतम सहमति, एकता र सहकार्य कायम गरेर मात्र देशलाई समृद्धिको बाटोमा लैजान सकिने उनको भनाइ थियो।

​सम्बोधनका क्रममा उनले देशको वर्तमान अवस्था सुधार्नका लागि निषेधको राजनीति छाडेर नयाँ शिराबाट छलफल र सहमति थाल्न सबै दललाई आग्रह समेत गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)