असारको मध्य १५ देखि यश वर्षका हाम्रा मौलिक पर्वहरु एक पछि अर्को गर्दै पर्वहरु सुरु भएका छन । साउने सक्रान्ती वा साउने सोमवारको विशेष चर्चा भइ सकेका छन । चेतना सहित्य समाजले रहेक मौलिक पर्वहरुको विषयमा कलम चलाउँदै आएको छ । आज नागपंञ्चमी पर्वको सन्दर्भमा चर्चागरिन्छ । सनातन धर्ममा जे जति पर्वहरु छन सबै का आ – आफ्ना विषेशता मौलिकता र वैज्ञानिक पक्ष जोडिएका छन भने सामाजिक सदभाव , प्रकृतिको संमरक्षण, प्राणिप्रती रक्षा , र पर्यावरण लाई शुद्धता बनाउने पर्व रहेका छन ।
सनातन धर्ममा सर्पलाई सम्मान गर्ने , पर्वको रुपमा लिइन्छ ।
नागपञ्चमी नेपाल , भारत र विस्वभरमा वसोवास गर्ने सनातन हिन्दू, बौद्ध, किराँत जैन शिख तथा प्रकृति पुजक धर्मावलम्बीहरू मनाउइने पर्व मध्येको एक नागपंञ्चमी नाग सर्प को पुजा गरिने पर्व हो । सनातन काल देखि (पौराणिक) नै मानिदै आएको हो।नाग पर्व प्राणीहरूसँग सम्बन्धित छन्। सनातन हिन्दू पञ्चाङ्ग अनुसार साउन महिनाको शुक्ल पक्षको पाँचौँ दिन यो पर्व पर्दछ। नागपञ्चमी एक आस्था श्रद्धा र विश्वासको पर्व हो। यस दिन आठ प्रकारको अष्ट नागको पूजा गर्ने गरिन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान शिव भोलेनाथको पूजा आराधना पनि गरिन्छ। उब्जनिको जननी ( माटोमाउर्वरा मिल्ने ) वाहिरी वातावरण लाई शुद्ध बनाउने प्रकृतिमा भएको दुषित विषलाइ सर्प ले शुद्ध गर्ने मान्यता रहेको छ। जिवमा सबै भन्दा चिसो सर्प हो । यश दिन चाँदी, पत्थर, काठ, वा चित्रकलाबाट बनेको नागा वा नाग देवतालाई दूधले श्रद्धापूर्वक स्नान गराइन्छ । चोखो नितो शुद्ध गरि घर को मुल ढोकामा गोवर , दुवो सहित पुजा गरि आठ प्रकारका नागका चित्र भएको पोष्टर लाई हरेक घर – घरमा टाँसिन्छ । स- परिवारको कल्याणको लागि आशीर्वाद मागिन्छ। यस दिन जिउँदो सर्प वा विशेष गरी नगलाई दूधको प्रसाद दिइएर वा सामान्यतया पण्डित पुरोहिय वा आफैले नागका मंन्त्र स्तुति हरु वाचन गरि पूजा गरिन्छ।
यश दिन विषेसत गरेर बिहानै देखि मठ मन्दिर नागस्थानमा, शिवमन्दिर अवस्थित नाग हरुको पुजा गर्न भक्त हरुजाने गर्द छन ।
नाग पूजाअनुयायी सनातन हिन्दु, बौद्ध किरात जैन, तथा प्रकृतिपुजकहरु नागको विभिन्न स्वरूप बनाइ पुजा गर्ने गरेको पाइन्छ ।कतिपय स्थान मा आ आफ्नो तरिका पनि अपनाएको पाइन्छ ।

सनातन हिन्दू पञ्चाङ्ग चान्द्र-सौर पञ्चाङ्ग हो तर अधिकांश चाडको मिति पञ्चाङ्गको चन्द्र भाग प्रयोग गरेर निर्दिष्ट गरिएको पाइन्छ ।चन्द्रमाको दिनलाई तीन वटा पंन्च तत्वहरूद्वारा विशिष्ट रूपमा पहिचान गरिएको छ जसमा मास, पक्ष र तिथि पर्दछन्।
यसबाहेक, मास निर्दिष्ट गर्दा, दुई परम्पराहरू मध्ये एक लागू हुन्छ, जस्तै अमान्त / पुर्मिमन्त। यदि कुनै चाड चन्द्रमाको घट्दो चरणमा पर्दछ भने, यी दुई परम्पराहरूले एउटै चन्द्र दिनलाई दुई फरक (तर क्रमिक) मासमा झर्ने रूपमा पहिचान गर्दछ।
एक चन्द्र वर्ष सौर्य वर्ष भन्दा एघार दिन छोटो हुन्छ। फलस्वरूप, अधिकांश सनातनि चाडहरू इस्वी सम्वत् पात्रोमा क्रमिक वर्षहरूमा विभिन्न दिनहरूमा हुने गर्दछन।

जुन ढोका माथि टाँसिएको नागको तस्वीरमहाभारतमा, ऋषिअस्तिकलेराजाजनमेजयलाई त्याग गर्न र अन्ततः सर्प जाति (सर्प सत्र) लाई नष्ट गर्नबाट रोकेको बनेर वर्णन गरिएको पाइन्छ । यो बलि जनमेजयले आफ्ना पिता परीक्षितको मृत्युको बदला लिनका लागि गरेका थिए, जसलाई सर्पका राजा तक्षकले मारेका थिए। जुन दिन बलि बन्द गरिएको थियो, त्यो दिन साउन महिनाको शुक्ल पक्ष पञ्चमीका दिन थियो। यस यज्ञको क्रममा सम्पूर्ण महाभारतको वर्णन सर्वप्रथम ऋषि वैशम्पायनले गरेका थिए भने किंवदन्ती रहेको छ ।
त्यस दिनदेखि यस दिनलाई नाग किंवदन्ति पञ्चमीको रूपमा मनाइँदै आएको हो भनी शाश्त्रीय मान्यता रहेको उल्लेख गरेको पाइन्छ ।
सनातन धर्ममा सर्पको पूजाको महत्वबारे धेरै किंवदन्तीहरू छन् र तिनिहरूलाई लोककथाहरू वर्णन गरिएका पाइन्छ । पुराण र महाभारतका अनुसार, विश्वव्यापी सृष्टिकर्ता भगवान ब्रह्माका नाति कश्यपले प्रजापति दक्ष, कद्रु र विनाताका दुई छोरीहरूसँग विवाह गरेका थिए। त्यसपछि काद्रुले नाग जातिलाई जन्म दिइन् भने विनताले सूर्यदेवकी सारथी बनेकी अरुणालाई जन्म दिइन् र विष्णुको वहान बनेका महान् चील गरुडलाई पनि जन्म दिइन् भन्ने रहेको पाइन्छ । परम्परागत रुपमा ऊर्जाको प्रतीकको रूपमा समेत लिइएको पाइन्छ ।
साथै अग्नि पुराण, स्कन्द पुराण, नारद पुराण र महाभारत जस्ता धर्मग्रन्थहरूले सर्पहरूको पूजाको प्रशंसा गर्ने सर्पहरूको इतिहासको विवरण दिएको पाइन्छ ।
किंवदन्ती अनुसार महाभारत महाकाव्यमा कुरु वंशका राजा परीक्षितका छोरा जनमेजयले तक्षक नामक सर्प राजाको सर्पको टोकाइबाट आफ्ना पिताको मृत्युको बदला लिन सर्प सत्र नामक सर्पबलि दिएका थिए।
सर्प सत्र, अस्तिक र ब्राह्मणले रोकेको यज्ञको चित्र
एक यज्ञशाला विशेष रूपमा खडा गरिएको थियो र संसारका सबै सर्पहरूलाई मार्नको लागि अग्निबलि विद्वान ब्राह्मण ऋषिहरूद्वारा सुरु गरिएको चर्चा छ । जनमेजयको उपस्थितिमा गरिने बलि यति शक्तिशाली थियो कि यसले सबै सर्पलाई यज्ञकुण्ड (यज्ञको अग्निकुण्ड) मा खस्न बाध्य बनाइरहेको थियो। जब पुजारीहरूले थाहा पाए कि परिक्षितलाई काट्ने र मार्ने तक्षक मात्र इन्द्रको रक्षाको खोजीमा इन्द्रको संसारमा भागेको थियो, तब ऋषिहरूले तक्षक र इन्द्रलाई पनि यज्ञको अग्निमा तान्न मन्त्र उच्चारण गर्ने गति बढाए। तक्षकले इन्द्रको खाटको चारैतिर आफूलाई बाँधेका थिए तर यज्ञको बल यति शक्तिशाली थियो कि तक्षकसहित इन्द्रलाई पनि आगोतिर तानिएको थियो।
यसले देवताहरूलाई डरायो जसले त्यसपछि मनसादेवीलाई हस्तक्षेप गर्न र संकट समाधान गर्न अपील गरे। त्यसपछि उनले आफ्नो छोरा अस्तिकालाई यज्ञस्थलमा गएर जनमेजयलाई सर्प सत्र यज्ञ रोक्न आग्रह गरिन्। अस्तिकाले जनमेजयलाई वरदान खोज्ने सबै शास्त्रको ज्ञानद्वारा प्रभावित पारिन्। त्यसपछि अस्तिकले जनमेजेयलाई सर्प सत्र रोक्न अनुरोध गरिन्। राजाले ब्राह्मणलाई दिएको वरदान अस्वीकार गर्न कहिल्यै नजानेकाले यज्ञ गर्ने ऋषिहरूले रक्षा गरे तापनि उनी नरम भए। त्यसपछि यज्ञ रोकियो र यसरी इन्द्र, तक्षक र उनका अन्य नाग जातिको जीवन जोगियो। सनातन हिन्दु पात्रो अनुसार यो दिन नदीवर्धिनी पञ्चमी थियो र त्यस दिनदेखि यो दिन नागहरूको चाडको दिन हो भनी उल्लेख गरेको पाइन्छ ।
त्यसै गरि गरुड पुराणका अनुसार यस दिन सर्पको पूजा गर्नु शुभ हुन्छ र यसले मानिसको जीवनमा शुभ समाचार प्रदान गर्दछ। ब्राह्मणहरूलाई खुवाएर यसको पालना गर्नुपर्छ भनिएको छ ।
पुजा गर्दा नाग पञ्चमीका दिन नाग, र सर्पलाई दूध, मिठाइ, फूल, दीप र बलिसहित पूजा गरिन्छ। चाँदी, ढुङ्गा, काठ वा भित्तामा राखिएका चित्रबाट बनेका नाग वा नाग देवतालाई पहिले पानी र दूधले नुहाइन्छ र त्यसपछि निम्न मंन्त्रोच्चारणद्वारा पूजा गरिन्छ।
नाग प्रीता भवन्ति शान्तिमाप्नोति बिअ विबोह्
सशन्ति लोक मा साध्य मोदते सस्थित समः
अनंतं वासुकीं शेषं पद्मनाभं च कंबलम्
शंखपालं धृतराष्ट्रं च तक्षकं कालियं तथा
एतानि नव नामानि नागानाम् च महात्मन:
सायंकाले पठेन्नित्यं प्रात:काले विशेषत:
तस्य विषभयं नास्ति सर्वत्र विजयी भवेत्
सर्पलाई पूजा गर्नाले सर्पदंशको डरबाट सुरक्षा प्रदान गर्ने विश्वास समेत गरिन्छ धेरै ठाउँमा वास्तविक सर्पको पूजा गरि दूध फलफुल मिठाई चढाइन्छ ।न्छ र यस दिन खन जोत गर्नु हुदैन किनकि यसले पृथ्वीमा बस्ने सर्पहरूलाई मार्न वा हानि पुर्याउन सक्छ भन्ने मान्यता समेत रहेको छ
ज्योतिषशास्त्र अनुसार चन्द्रमासँग सर्पको अर्थ हुन्छ। सर्पको टाउकोलाई राहु र यसको पुच्छरलाई केतुद्वारा प्रतिनिधित्व गरिन्छ। यदि कुनै व्यक्तिको राशिचक्रमा सातवटै प्रमुख ग्रहहरू राहु र केतुको बीचमा उल्टो क्रम (घडीको विपरीत दिशामा) बाँधिएका छन् भने यसलाई सर्प दोष ( सर्पका कारण दोष) भनिन्छ, जसले व्यक्तिको जीवनमा दुर्भाग्य र कठिनाइको पूर्वाभास गर्दछ र नाग पञ्चमीको दिन सर्पको पूजा गरेर यसलाई शान्त पारिन्छ भनी ज्योतिषिहरुले बताउने गर्दछन ।
हाम्रा मौलिक पर्वहरु को अनुसंन्धान व्यापक गरिनु आवश्यक छ । कतिपय कुरा भौतिकवादी विचार हरुको मात्र अनुशरण गर्दा अध्यात्मिक र दैविक शक्तिको उपवास हुदाँ दैविक विप्तिहरु आउने पर्यावरण वातावरण छ्ययिकरण हुने गर्द छ । दैविक शक्ति लाई बुर्जुवा भनेर बुझ्नु नै गलत छ ।विस्वजगत आज वैदिक सनातन हिन्दु पंञ्चाङ्ग लाई पछ्याइ रहेको छ भने नेपाल नजानिदो रुपमा तिरस्कारको बाटोमा आगेको अनुभूति हुँदै गरेको छ ।विज्ञान संग सँगै एक अर्काको परिपुरक शाश्त्रीय सिद्ध विषय लाई अनुत्तरित बनाउनु आफैमा दु: खदायी छ । चाडवाडको अर्थ बुझौ नकल होइन सक्कल भएर बुझेर ग्रहण गरौ, त्यसैले चेतना सहित्य समाज हरेक पर्व तिथि मितिको अनुसंन्धान गर्दै नेपालको हिमवतखण्डको पुनर्जागरणमा लाग्न सत्य तथ्य विषयहरु लाई बाहिर ल्याउन अभिप्रेरित गर्द्छ ।
त्यसैले नागपंन्चमी एक विषेश पर्वको रुपमा मनाउ सर्पको रक्षा गरौ , संस्कृतिलाइ निरन्तरा दिउँ।
नागपंञ्चमी हार्दिक शुभकामना ।
जय नागपंञ्चमी , जय चेतना साहित्य समाज ।
धन्यवाद
इन्द्र प्रसाद ओली
अध्यक्ष
राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल
