हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ हप्ता अगाडि

भीमफेदीमा मुख्य न्यायाधीश सवार गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी र उनको परिवार सवार गाडी दुर्घटनामा परेको छ। काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कोरपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेल स्थित सडकबाट करिब ५० मिटर तल खोल्सामा खस्दा मुख्य न्यायाधीशसहित छ जना घाइते भएका छन्।

Advertisement

​जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार बिहान ७ बजे अनियन्त्रित भई गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते हुनेहरूमा मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, अदालतका रजिष्ट्रार ५१ वर्षीय तारादत्त बडु, उहाँका २५ वर्षीय छोरा रितेन्द्र बडु, ३१ वर्षीया छोरी रिता बडु र चालक ३२ वर्षीय छुनिलाल चौधरी हुनुहुन्छ। उहाँहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

Advertisement

​रजिष्ट्रार बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडुको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै उद्धार गरी सबै घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)