समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

दुर्व्यशन न्यूनीकरणमा इमानदार प्रयासको खाँचो

लागू औषध दुर्व्यशन ( प्रयोगकर्ता ) बढ्नु ,अपराधको दर बढ्दै जानू , लागू औषधको अबैध कारोवार बढ्नु चिन्ताजनक हो । वर्तमानका साझेदारी , विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति नै दुर्व्यसनमा फस्दा व्यक्ति स्वयं परिवार, समाज मात्र होइन सिङ्गो राष्ट्र लागि नै हानिकारक हुन्छ । नेपाल र नेपालीले सोचेको समृद्ध राष्ट्र निर्माणको राष्ट्रीय लक्ष्य प्राप्त गर्न सकिन्न । यस्तो परिवेशमा सभ्य र अपराधमुक्त समुन्नत समाजको परिकल्पना दिवा सपना मात्र हुनेछ ।
लागू औषध नियन्त्रणका लागि मुख्यत: तीन वटा आयाममा ध्यान दिनु पर्ने हुन्छ ।

Advertisement

१]आपूर्ति नियन्त्रण ,
२] माग घटाउ वा माग नियन्त्रण
३] क्षति न्यूनीकरण

Advertisement

उपरोक्त तीनवटै आयामहरूलाई एकीकृत रूपमा सञ्चालन गरियो भने मात्र यो समस्यालाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । यस्ता एकीकृत कार्यक्रम सञ्चालन गर्दा माग घटाउ क्रियाकलापलाई विशेष ध्यान दिनु पर्ने हुन्छ ।

लागू औषधको रोकथाम र लागू
औषध प्रयोगकर्ताको पहिचान , उपचार तथा पुन: स्थापना सेवाहरु प्रभावकारी रुपमा सञ्चालन गर्नु जरुरी छ । सम्बद्ध सबै सरोकारवालाहरुको एकीकृत, समन्वयात्मक र प्रभावकारी प्रयास हुन नसक्दा दिन प्रतिदिन लागू औषध प्रयोगकर्ताको वृद्धि भैरहेको छ । यसका लागि सरोकारवालाहरूको प्रभावकारी समन्वय र मौजुदा कानूनहरुलाई प्रभावकारी कार्यान्वयन गर्न सक्नु पर्दछ । जोखिममा रहेका वर्गलाई पहिचान गर्दै योजनावद्ध नीति बनाएर चेतनात्मक शिक्षा, परामर्श, उत्प्रेरणा, सीप विकास, साथी शिक्षा जस्ता विषयहरूलाई जन-जनमा पुर्‍याउन सके लागू औषध नियन्त्रण सम्भव हुन्छ । एकीकृत वृहत: योजना नबनाइ , जिम्मेवार निकायले तथ्याङ्क संकलन नगरी , जोखिममा रहेका वर्गहरूको पहिचान नगरी गर्ने वा गरिएका अभियान , प्रशिक्षण, कानूनी कारवाही आदिबाट मात्र यो समस्याबाट मुक्ति पाउन असम्भव प्राय देखिन्छ ।

लागू औषधका कारण अपराधका क्रायाकलापहरु समेत बढी रहेका छन् । लागू औषध आफैमा धेरै अपराधसँग अन्तरसम्बन्धित विषय रहेको र यससँग जोडिएका पक्षहरुमा समेत झनै ठूलो भयावह परिणाम देखा पर्न तथ्य आकलन गर्न सकिन्छ ।
लागू औषधको अबैध कारोवार ( ओसार – पसार विक्री वितरण ) र दुर्व्यसनले प्रत्यक्ष रुपमा राष्ट्रको आर्थिक, सामाजिक , सांस्कृतिक, पारिवारिक एवम् राष्ट्रिय गौरवमा नि नकरात्मक अवस्था सृजना गरिरहेको छ । लागू औषध जस्तो सामाजिक, पारिवारिक एवम् राष्ट्रिय सुरक्षासँग जोडिएको विषयको सम्बोधन गर्नु राज्यको उत्तरदायित्व हो, कर्तव्य र जिम्मेवारी पनि हो । यसका विज्ञहरुसँग परामर्श लिइ गुरुयोजना बनाइ कार्यान्वयन गर्न अब ढिला गर्नु हुँदैन । अहिलेसम्म गरिएका प्रयास पूर्ण देखिदैनन् । हालसम्म गरिएका प्रयासलाई परिमार्जित गर्दै तथ्य र जिम्मेवारी सहितको दीर्घकालीन योजना बनाइ नागरिक समाजलाई परिचालित गर्दै जिम्मेवारी सहित अगाडि बढ्न सके दुर्व्यशन तथा अवैध लागू औषध कारोवावर ( ओसार पसार बिक्री-वितरण )लाई न्यूनीकरण गर्न सकिनेछ ।
देशका करिव २ लाख ५० हजार भन्दा बढी युवा जनशक्ति प्रत्यक्षरुपमा लागू औषध दुर्व्यशनबाट प्रभावित रहेका छन भने अप्रत्यक्ष रुपमा ति व्यक्तिका परिवार , समाज र सरोकारवालाहरु समेतको हिसाबले यसबाट प्रभावितको संख्या ठूलो रहेको छ । समृद्ध राष्ट्र निर्माणमा सम्मिलित हुनुपर्ने यति ठूलो युवा शक्ति नशा ( लागू पदार्थ ) को समस्याबाट प्रभावित भएका कारण राष्ट्रकै उत्पादकत्व घटिरहेको छ भने विभिन्न मुद्दामा बन्दी जीवन बिताइ रहेको संख्या मध्ये लागू औषधको मुद्दामा २५% ले बन्दी जीवन बिताइ रहेको अवस्था छ ।

यता उपचार तथा पुन: स्थापनामा करिव ३५० भन्दा बढी केन्द्रमा न्यूनतम ३० जनाले तीन – तीन महिनाको उपचारमा रहेको पाइन्छ। उपचार नपाइ बाहिर रहेको संख्या ठूलो छ ।
यसरी हेर्दा यो स्थिति हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको लागि भयावह स्थिति हो । यो समस्या वढ्दै गएको कारणले राज्यको अरवौं रुपैया लागू औषधका नाममा खर्च भएको छ । सरदर प्रतिदिन एक व्यक्ति ले रु ३००/ का दरले नशालु पदार्थमा खर्च गर्दा पनि दैनिक करोडौं रुपैंया देशबाट बाहिर गइरहेको छ ।

तसर्थ यो समस्याको दीर्घकालीन र जिम्मेवार समाधानका लागि चेतना नेपालले अङ्गीकार गरेको पाँच बुँदे कार्यनीतिलाई मार्गदर्शनको रूपमा लिँदै हरेक तहमा लागू गर्न ढिला गर्नु हुँदैन ।

चेतना नेपालको पाँच बुँदे कार्यनीति :
१) जोखिममा रहेका ( दुर्व्यसनमा नफसेका ) युवाहरुलाई दुर्व्यसन फस्न नदिने तर्फ अभिभावक, बन्दीगृह सहितलाई सचेतना कार्यक्रम ।
२) लागू औषध दुर्व्यशनमा फसेका युवालाई पहिचान गर्नु।
३) पहिचान भएका लागू औषध प्रयोगकर्तालाई स्वच्छ वातावरणमा उपचार तथा पुन: स्थापना गर्नु ।
४) उपचारबाट फर्किएका पूर्व लागू औषध प्रयोगकर्ताहरुलाई उनीहरुको योग्यता क्षमता अनुसारको सीप सिकाइ समाजमा पुन: स्थापित गरि रचनात्मक र सकारात्मक कार्यमा लगाउनु ।
५) अवैध लागू औषध उत्पादन ओसार पसार बिक्री-वितरण गर्नेलाई कडा दण्ड सजाय कार्वाही गर्नु ।
प्रत्येक पालिकाहरुले गुरुयोजना बनाइ माथा उल्लेखित क्रियाकलाप सञ्चालन गर्न ढिला भैसकेको छ । मुलुकको विकास र समृद्धिका लागि शान्ति , सुरक्षा र सुशासन कायम गर्नु अनिवार्य छ । यसको प्रत्याभुतिको लागि लागू औषध न्यूनीकरण गर्न पाँच वर्षे गुरु योजना बनाइ तहगत रुपमा क्रियाकलाप गरिनु आवश्यक छ ।
लागू औषधको कारोवार र दुर्व्यसनले देशको आर्थिक र सामाजिक क्षेत्रमा पुर्‍याएको / पुर्‍याउन सक्ने क्षतिलाई समयमै आँकलन गरि लागू औषध दुर्व्यसन विरुद्ध प्रवर्द्धनात्मक र उपचारात्मक क्रीयाकलापलाई प्रभावकारी रणनीतिको समेत आवश्यक रहेको हुँदा यस विषयलाई नजर अन्दाज गरिनु हुँदैन । समय छदै द्रुत गतिमा सबै सरोकारवाला सहितको राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य छ ।
प्रदेश तथा जिल्ला ,पालिका , नागरिक समाज सबैले लागू औषध अपराध एवं दुर्व्यसन बिरुद्ध का नीति, कार्यनीति, रणनीति ,मौजुदा कानून कार्यान्वयन सुनिश्चित गराउन सम्बद्ध सबै पक्षबाट इमान्दार प्रयासको खाँचो रहेको छ ।

इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल विर्तामोड-४ (झापा )
सम्पर्क नं ९८०७९९२७६६/९८४४४८४२७९

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article