हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

झापामा जापानिज इन्सेफ्लाइटिसबाट एक महिलाको मृत्यु, मृतकको सङ्ख्या ६ पुग्यो

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। गत साता मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेईका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

Advertisement

​यससँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ भने कुल सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ। मृत्यु हुनेमा चार महिला र दुई पुरुष रहेका छन्।

Advertisement

​हालसम्म मेचीनगरमा दुई तथा हल्दिबारी, बाह्रदशी, बिर्तामोड र अर्जुनधारामा एक-एक जनाको मृत्यु भएको छ। सङ्क्रमण पुष्टि हुनेमा मेचीनगरका पाँच, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक-एक जना रहेका छन्।

​सङ्क्रमित ११ जनामध्ये ६ जनाको मृत्यु भइसकेको छ भने दुई जनाको हाल उपचार भइरहेको छ। बाँकी तीन जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

​सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्ति ५० वर्षभन्दा माथिका उमेर समूहका छन्। सङ्क्रमितहरूमा एक जना सात महिनाका बालक र एक जना ४० वर्षका व्यक्ति समेत रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)