हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

झापा गाउँपालिका–५ को वडा कार्यालयमा चोरी गर्ने युवक पक्राउ

झापा झापा गाउँपालिका–५ स्थित वडा कार्यालयमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले घटनाको चार घण्टा नबित्दै एक जनालाई पक्राउ गरेको छ।

Advertisement

​पक्राउ पर्नेमा झापा गाउँपालिका–५ पुरानो शरणामतीका अर्जुन गणेश रहेका छन्। इलाका प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिइएका गणेशले वडा कार्यालयबाट आफूले नै सामान चोरी गरेको बयानका क्रममा स्वीकार गरिसकेका छन्।

Advertisement

​गणेशले वडा कार्यालयको पछाडिको झ्यालको सिसा फुटाएर ल्यापटप, दुई थान पेनड्राइभ, मनिटर र स्क्यानर चोरी गरेका थिए। चोरी गरिएका सामानमध्ये मनिटर र स्क्यानर भने वडा कार्यालयभन्दा करिब २०० मिटर दक्षिणतर्फ रहेको घन्सीबारीमा छाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

​झापा गाउँपालिका–५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशीका अनुसार चोरी भएका अन्य सामानमध्ये पेनड्राइभलगायतका सामाग्रीसमेत फेला परिसकेका छन्।

​यसैबीच, आरोपी गणेशले चोरी गरेको ल्यापटप सीमापारि भारत पुर्‍याएर बिक्री गरिसकेको बयान दिएका छन्। बिक्री गरिएको ल्यापटप बरामद गरी फिर्ता ल्याउन शरणामती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तीर्थ भण्डारीको नेतृत्वमा प्रहरी टोली भारततर्फ प्रस्थान गरेको छ।

​घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)