झापा । पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या देखिएपछि ९८ वर्षीया शाहलाई आइतबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको हो।

अस्पतालका सूचना अधिकारी विमल बोगटीका अनुसार शाहलाई फ्लुका कारण अस्पताल ल्याइएको हो। ‘उहाँलाई फ्लुको समस्या देखिएपछि भर्ना गरिएको हो, अहिले स्वास्थ्य अवस्था सामान्य छ,’ बोगटीले भने।

शाहको उपचार वरिष्ठ चिकित्सकहरूको टोलीको निगरानीमा भइरहेको नर्भिक अस्पतालले जनाएको छ।
