समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

पूर्वबडामहारानी रत्न अस्पताल भर्ना

झापा । पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या देखिएपछि ९८ वर्षीया शाहलाई आइतबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको हो।

​अस्पतालका सूचना अधिकारी विमल बोगटीका अनुसार शाहलाई फ्लुका कारण अस्पताल ल्याइएको हो। ‘उहाँलाई फ्लुको समस्या देखिएपछि भर्ना गरिएको हो, अहिले स्वास्थ्य अवस्था सामान्य छ,’ बोगटीले भने।

​शाहको उपचार वरिष्ठ चिकित्सकहरूको टोलीको निगरानीमा भइरहेको नर्भिक अस्पतालले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)