हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ हप्ता अगाडि

कविता : ए पापी मान्छे !

मानवता हराएर आज मनुष्यमा
दानवी प्रवृत्ति देखाउन थालेको छ।
महानता आफै कता गएछ जगमा
अहमता र पागलपन बढ्न थालेको छ।

Advertisement

आधुनिकता र वैज्ञानिक युगमा
प्रविधिमा मान्छे परिवर्तन भएको छ।
त्यसैले हो कि क्रुरतामा आज
ऊ आँखा देख्ने अन्धो बनेको छ।

Advertisement

आँसुका धारा बहाउँदै छिन् ती आमा
गरिमा चौधरी जस्ता दर्जनौँ छोरी गुमाउँदामा
खै आँखा देख्यौ कि देखेनौ पापी मान्छे
अवोध बालिकाको आँखा आफैं निकाल्दामा

लागू औषध दुर्व्यसनमा चुर्लुम्म डुबेर हो कि तिमी
सत्यता र मानवता हराएर रुँदै छिन् धरणी पनि
खै किन पाप गर्छौ पापी मान्छे ?
निर्दोष बालिकाको आवाज सुन्यतामा हराउँदैछ अझ पनि

शान्ता उप्रेती
हल्दीबारी – १ झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)