समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

लागू औषधसहित पाँच जना पक्राउ

विराटनगर, भदौ ९ । उदयपुर, झापा, सुनसरी र मोरङका विभिन्न स्थानबाट लागू औषध तथा प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ परेका छन्।

Advertisement

भदौ ८ गते झापाको अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकबाट इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको चुलाचुली नगरपालिका–१ का २१ वर्षीय सन्जोक लुइटेल र बिर्तामोड नगरपालिका–४ का २४ वर्षीय अरबस अन्सारी रहेका छन्।

Advertisement

प्रहरीका अनुसार लुइटेलको साथबाट १ ग्राम ४७० मिलिग्राम र अन्सारीको साथबाट ३०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।

यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित अन्नपूर्ण चोकमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय सुमित पौदारलाई पक्राउ गरेको छ। उनको साथबाट १२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित मुसहरीटोलमा हातमा धारिलो हतियार तरवार बोकेर स्थानीयलाई त्रसित बनाइरहेको सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा १८ वर्षीय मनोज मुसहर र रामधुनी नगरपालिका–५ हात्तिसारका ३० वर्षीय मनिराज राई रहेका छन्। उनीहरूको साथबाट ट्रामाडोल २१० पिस, नाइट्रोसन ५० पिस प्रतिबन्धित औषधि तथा धारिलो हतियार तरवार बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article