समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

ओखलढुङ्गामा आगलागी, दुई घर जलेर नष्ट

ओखलढुङ्गा, १० भदौ । सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् चुहावट (सर्ट) भई आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

​प्रहरीका अनुसार मङ्गलबार साँझ स्थानीय कोटमाया कार्कीको घरबाट सुरु भएको आगो फैलिएर ज्ञानकुमारी कार्कीको घरसमेत जलेको हो। घटनालगत्तै खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकारको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

​आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, नगद तथा सुनका गहनासहित करिब रु २६ लाख बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ।

​अग्निपीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको र घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)