समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

रसुवा बाढीका कारण १६५ को मृत्यु, ८२६ अझै बेपत्ता

झापा । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहानसम्म १६५ जनाको शव फेला परेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार बिहान सवा आठ बजेसम्म देशका विभिन्न स्थानबाट १६५ जनाको शव संकलन गरिएको हो । फेला परेका शवमध्ये नारायणी नदी आसपास क्षेत्र चितवनबाट ६४, धादिङबाट २७, नवलपरासीबाट २६, गोरखाबाट २०, नुवाकोटबाट १२, तनहुँबाट ९, नवलपरासी पश्चिमबाट ५ र रसुवाबाट २ वटा रहेका छन् । बहाव उच्च भएकाले फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेको केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Advertisement

​विपद्‌मा परी अझै ८२६ जना मानिस बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा ८५ जना सुरक्षाकर्मी (नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना) रहेका छन् भने ५७९ जना पर्यटक (११३ नेपाली र ४६६ विदेशी) रहेका छन् । अन्य बेपत्तामा रसुवाका १६१ र नुवाकोटका एक जना छन् ।

Advertisement

​हालसम्म विपद्‌मा परेका १०४ जनाको सफल उद्धार गरिएको छ, जसमा रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका ३ जना छन् । गृह मन्त्रालयले सूचनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट सम्प्रेषित समाचारलाई मात्र विश्वास गर्न आम नागरिकलाई अनुरोध गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article