समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

भोटेकोशी बाढी: हालसम्म १७७ जनाको शव फेला, कहाँ कति भेटिए?

झापा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये ४१ महिला, ६९ पुरुष, १० बालिका र ७ बालक रहेका छन् भने ५० जनाको पहिचान अझै खुल्न सकेको छैन।

Advertisement

​बाढीका कारण सबैभन्दा बढी क्षति चितवनमा पुगेको छ, जहाँ १५ महिला, १९ पुरुष, २ बालिका, ४ बालक र पहिचान नखुलेका २९ गरी कुल ६९ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा ६ महिला, १५ पुरुष, ४ बालिका, १ बालक र पहिचान नखुलेका ६ गरी ३२ जना तथा धादिङमा ९ महिला, ११ पुरुष, १ बालिका र पहिचान नखुलेका ६ गरी २७ जनाको शव भेटिएको छ।

Advertisement

​अन्य जिल्लाहरूमध्ये गोरखामा २ महिला, १० पुरुष, १ बालक र पहिचान नखुलेका ७ गरी २० जना, नुवाकोटमा ४ महिला, ६ पुरुष र पहिचान नखुलेका २ गरी १२ जना, तनहुँमा १ महिला, ६ पुरुष, १ बालिका र १ बालक गरी ९ जना तथा रसुवामा २ पुरुषको शव फेला परेको छ। प्रभावित क्षेत्रहरूमा प्रहरी तथा स्थानीय टोलीद्वारा खोजी र उद्धार कार्य निरन्तर जारी राखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article