हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ हप्ता अगाडि

भोटेकोशी बाढी: मृतकको सङ्ख्या २७० पुग्यो, चितवनमा मात्रै १०८ जनाको शव फेला

झापा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ। प्रहरी प्रधान कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म प्रभावित विभिन्न क्षेत्रबाट २७० जनाको शव बरामद भइसकेको छ।

Advertisement

​बाढीका कारण सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा भएको छ, जहाँ १०८ जनाको शव फेला परेको छ। त्यसैगरी नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी पश्चिममा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालय स्थित केन्द्रीय समाचार कक्षका अनुसार प्रभावित क्षेत्रहरूमा अहिले पनि खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)