हल्दीबारी, ११ भाद्र । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका ३३२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार अपराह्न ३:५० बजेसम्ममा ३३२ जनाको शव भेटिएको हो।

बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित विभिन्न जिल्लाहरूबाट शव फेला परेका छन्। प्रहरीले दिएको विवरण अनुसार चितवनमा सबैभन्दा बढी १२१ जनाको शव भेटिएको छ।

यसैगरी, नवलपरासी पूर्वमा ७४, धादिङमा २९, गोरखामा २९, नुवाकोटमा २८, तनहुँमा १९, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।
बाढी प्रभावित तथा जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासी र विभिन्न निकायहरूसँगको समन्वय तथा सहयोगमा खोजी एवम् उद्धार कार्य जारी राखिनुका साथै अबरुद्ध भएका सडकहरू खुलाउने काम समेत भइरहेको छ।
