समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा भदौभर ओपीडी र स्वास्थ्य सेवामा छुट

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले बिरामीहरूलाई उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले भदौ महिनाभरका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।

Advertisement

​अस्पतालले भदौ ११ देखि ३१ गतेसम्मका लागि विभिन्न विभागहरूमा नि:शुल्क ओपीडी परामर्शका साथै उपचार खर्चमा विशेष छुटको व्यवस्था मिलाएको जनाएको छ।

Advertisement

​अस्पतालका अनुसार जनरल सर्जरी, युरोसर्जरी, न्युरोसर्जरी, बालरोग (पेडियाट्रिक्स) तथा स्त्री तथा प्रसूति रोग (गाइनोकोलजी एन्ड अब्स्टेट्रिक्स) विभागमा आउने बिरामीहरूका लागि नि:शुल्क ओपीडी परामर्श उपलब्ध गराइनेछ।

​त्यसैगरी, स्त्री तथा प्रसूति रोग विभागअन्तर्गत सामान्य प्रसूति (नार्मल डेलिभरी) र सिजरियन सेक्सन (सीएस) को अपरेसन थिएटर (ओटी) शुल्कमा ५० प्रतिशत तथा अन्य स्त्रीरोगसम्बन्धी शल्यक्रियाको ओटी शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

​बालरोग विभागअन्तर्गत नि:शुल्क ओपीडी परामर्शका साथै जनरल बेड शुल्कमा ५० प्रतिशत छुट दिइने अस्पतालले जनाएको छ। त्यस्तै जनरल सर्जरी, युरोसर्जरी र न्युरोसर्जरी विभागमा शल्यक्रिया गर्दा ओटी शुल्कमा २५ प्रतिशत छुट प्राप्त हुनेछ।

​उपचारमा लाग्ने आर्थिक भार केही हदसम्म कम गर्दै नागरिकलाई समयमै स्वास्थ्य सेवा लिन प्रोत्साहित गर्न यो योजना ल्याइएको अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article