हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ हप्ता अगाडि

भोटेकोशी बाढी: ३८९ जनाको शव फेला, ४६६ जना घाइते तथा उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म देशभरका विभिन्न स्थानबाट ३ सय ८९ जनाको शव फेला परेको छ भने ४ सय ६६ जना घाइते तथा उद्धार गरिएका छन्।

Advertisement

​प्रहरीका अनुसार बाढीका कारण मृत्यु हुनेहरूको शव नदी तटीय क्षेत्रका विभिन्न जिल्लाहरूमा फेला परिरहेका छन्। जसअन्तर्गत सबैभन्दा धेरै चितवनमा १३७ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी (पूर्व) मा ८७, धादिङमा ३३, गोरखामा ३२, तनहुँमा २८ र नवलपरासी (पश्चिम) मा २७ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। बाढीको उद्गम थलो मानिएको रसुवामा १७ र छिमेकी जिल्ला नुवाकोटमा २८ जनाको शव फेला परेको छ।

Advertisement

​विपद्का क्रममा घाइते भएका तथा प्रभावित क्षेत्रबाट उद्धार गरिएका ४ सय ६६ जनामध्ये रसुवामा सबैभन्दा बढी २८९ जना रहेका छन्। यस्तै नुवाकोटबाट ९०, काठमाडौँबाट ८४ र धादिङबाट ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)