समाचार
हल्दिबारी संवाददाता ५६ मिनेट अगाडि

हल्दीबारीका मिर्गौला पीडित १५ वर्षीय नवीन मेचेको जीवन बचाउन आर्थिक सहयोगको अपिल

हल्दिबारी ,​झापा । झापाको हल्दिबारी गाउँपालिका–२, कदमचोक निवासी १५ वर्षीय बालक नवीन मेचे दुवै मिर्गौला फेल भई जीवन–मरणको दोबाटोमा पुगेका छन्। हाल उनको विराटनगरको नोबेल अस्पतालमा नियमित डायलासिस भइरहेको छ।

Advertisement

​दैनिक चिया बगानमा मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका बिसुलाल मेचे र सुनिता मेचेका तीन छोरामध्ये नवीन कान्छा हुन्। स्थानीय विद्यालयमा कक्षा ६ सम्म अध्ययन गरेका नवीनको गत वैशाखदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार सुरु गरिएको थियो।

Advertisement

​अत्यन्तै विपन्न परिवारका मेचे दम्पतीका लागि बालकको निरन्तर डायलासिस तथा थप उपचारमा लाग्ने ठूलो रकम जुटाउन असम्भव भएपछि परिवारले जीवन रक्षाका लागि सबैसामु आर्थिक सहयोगको याचना गरेको छ।

​यस दुःखद परिस्थितिमा १५ वर्षीय बालक नवीनको अमूल्य जीवन बचाउन स्थानीय जनप्रतिनिधि, सामाजिक संघ–संस्था, व्यवसायी, सञ्चारकर्मी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण मनकारी महानुभावहरू समक्ष यथासक्य आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अपिल गरिएको छ।

​तपाईंको सानो सहयोगले नवीनले नयाँ जीवन पाउन सक्ने भएकाले यस मानवीय अभियानमा जुटिदिनुहुन अनुरोध छ। प्रत्यक्ष आर्थिक सहयोग गर्न असमर्थ हुनुहुनेहरूले यो अपिललाई आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरेर अभियानलाई सहयोग पुर्‍याउन सक्नुहुनेछ।

सहयोगका लागि बैंक विवरण र सम्पर्क:

  • बैंकको नाम: कुमारी बैंक (Kumari Bank)
  • खातावालाको नाम: असीलाल मेचे (बिरामीको काका)
  • बैंक खाता नम्बर / QR Code: (उपलब्ध गराइएको QR कोडमार्फत सिधै रकम पठाउन सकिनेछ)

थप जानकारी तथा सहयोगको विवरण पठाउन:

९७१४०८४०३९ सुनिता मेचे ( बिरामीको आमा )

  • सम्पर्क / ह्वाट्सएप (WhatsApp) नम्बर: ९८२४९९७१२० (हल्दिबारी डटकम)

(नोट: सहयोग रकम पठाएपछि त्यसको विवरण वा भौचर/स्क्रिनसट माथि उल्लेखित ह्वाट्सएप नम्बरमा पठाउन सकिनेछ।)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article