हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

नेपाल सरकारको निर्णय: भदौ २२ गते राष्ट्रिय शोक मनाइने, भदौ २३ गते सार्वजनिक बिदा

झापा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकारले आगामी भदौ २२ गते (सोमबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

Advertisement

​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको बैठकले बाढी दुर्घटनाको १३औँ दिनको पुण्य तिथिको अवसर पारेर राष्ट्रिय शोक मनाउने र सो दिन देशभरिका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय ध्वजा आधा झुकाउने निर्णय गरेको हो।

Advertisement

​सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले बाढी दुर्घटनामा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा यो निर्णय लिएको हो। यसका साथै मन्त्रिपरिषद् बैठकले भदौ २३ गते ‘जेनजी शहीद दिवस’ का रूपमा देशभरि सार्वजनिक बिदा दिने घोषणासमेत गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)