हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

सञ्चारकर्मी विष्णु कुल श्रेष्ठलाई पितृशोक

झापा। नेपाल पत्रकार महासंघ झापाका सदस्य एवम् एबी वान टेलिभिजनमा कार्यरत सञ्चारकर्मी विष्णु कुल श्रेष्ठलाई पितृशोक परेको छ। उनका पिता ९९ वर्षीय रामबहादुर श्रेष्ठ (जमुने साइला) को बिहीबार मध्याह्न १२:४५ बजे अर्जुनधारा–२ स्थित आफ्नै निजी निवासमा निधन भएको हो।

Advertisement

​पारिवारिक स्रोतका अनुसार मृतक श्रेष्ठका ६ भाइ छोरामध्ये साइला छोरा मोहनको यसअघि नै निधन भइसकेको छ। उनका अन्य छोरा तथा बुहारीहरू नारायण र शान्ति, निर्मल र करुणा, चन्दन र अनु, बुद्ध र सञ्जु, साइली बुहारी निर्मला तथा कान्छा छोरा विष्णु र बुहारी पूजा रहेका छन्। त्यस्तै, उहाँका तीन छोरीहरू पुष्पा, रुकमणि र कौशिला रहेका छन्। स्वर्गीय श्रेष्ठका १४ नातिनातिना, २ पनाति-पनातिनी र १ जना जनाति छन्।

Advertisement

​पारिवारिक स्रोतले दिएको जानकारीअनुसार स्वर्गीय श्रेष्ठको पार्थिव शरीरलाई शुक्रबार बिहान १०:३० बजे झापाको कनकाई माई आर्यघाटमा लगेर अन्तिम दाहसंस्कार गरिनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)