नुवाकोट । त्रिशूली ३ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ। उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङ भित्रबाट मानिसको आवाज सुनेको जानकारी दिएपछि उद्धार कार्यलाई थप तीव्रता दिइएको छ।

कार्यस्थलमै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र मानिस बोलेको आवाज सुनिएपछि नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोली सुरुङभित्र प्रवेश गरी उद्धारमा जुटेको छ। सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उद्धारमा खटिएका सुरक्षा निकाय र प्राविधिक टोलीप्रति सम्मान व्यक्त गर्नुका साथै फसेका सबैको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्।

https://www.facebook.com/share/r/1EZg5CqBqQ
