हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

ब्रेकिङ न्युज: त्रिशूली ३ ‘ए’ को सुरुङबाट एक जनाको जीवितै उद्धार, अन्यको खोजी तीव्र

काठमाडौँ । बाढीका कारण थुनिएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ।

Advertisement

​उद्धार टोलीले सुरुङभित्रबाट सञ्जय साहको सकुशल उद्धार गरेको हो।

Advertisement

​सुरुङभित्र अरू मानिस पनि जीवितै रहेको विवरण प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन्।

​यसअघि उद्धार टोलीले सुरुङभित्र रहेकाहरूसँग सम्पर्क स्थापित गरेको र भित्रबाट मानिसहरूको आवाज सुनिएको जनाइएको थियो।

​अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सुरुङभित्र फसेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा निरन्तर खटिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)