झापा । झापाको भद्रपुरमा सिटी सफारीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–२ चारआलीमा शुक्रबार साँझ सिटी सफारीले ठक्कर दिँदा सोही ठाउँका ६४ वर्षीय पूर्णबहादुर पराजुलीको मृत्यु भएको हो ।

धिमालधुराबाट चारआलीतर्फ जाँदै गरेको प्र–१–०१–००२ ह ८४६८ नम्बरको सिटी सफारीले शुक्रबार साँझ ६:४५ बजे पैदल यात्रु पराजुलीलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट उनको दाहिने घुँडा, छाती र टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते पराजुलीको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारका क्रममा राति ९:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय पृथ्वीनगरको टोलीले सिटी सफारी र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ
