काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को निराशाजनक अभिव्यक्तिका बाबजुद सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार हुनु सकारात्मक भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा निराशाजनक अभिव्यक्ति दिएको भए पनि उद्धार टोलीले निरन्तर प्रयास गरेर दुई जनाको अमूल्य जीवन बचाउन सफल भएको उल्लेख गरेका हुन् ।

कठिन र चुनौतीपूर्ण परिस्थितिमा पनि खोज तथा उद्धार कार्य जारी राख्दा जीवन जोगाउन सकिने उदाहरण पुष्टि भएको भन्दै उनले सुरुङभित्रको उद्धार अभियानलाई कुनै पनि अवस्थामा नरोक्न सरकारसँग आग्रह गरेका छन् ।
