हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

‘ भन्न नसकेको कुराहरु एक अर्कोसँग साटेर बेस्सरी आँशु झारौं ‘: ज्योती मगर

हल्दिवारी – गायिका ज्योती मगरले आफू विगत ५, ७ वर्षयता राम्रोसँग सुत्न नसकेको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफ्नो समस्या राखेकी हुन् । बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि नेपाली कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत आफ्ना समस्याहरु राख्न थालेका छन्  । सोही क्रममा ज्योतीले सुत्न नसकेको समस्या राखेकी हुन् ।

Advertisement

‘बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि आफूलाई सामाजिक सञ्जालमा केही समस्या भए शेयर गर्न विभिन्न व्यक्तिले आग्रह गरेका छन्’ ज्योती भन्छिन् ‘कति धेरै समस्या छन् । जो समाधान भइरहेको छैनन् । तर म भन्न सकिरहेको छैन ।’

Advertisement

समस्या राख्दा अभिनेत्री शिल्पा पोखरेलको कानको जाली फुटेको कान्ड जस्तै फेसबुकको रैला मात्र हुने डर भएको बताएकी ज्योतीले बाहिर ल्याउँदा ठुलो समस्या आयो भने के गर्ने भन्ने प्रश्न समेत उठाएकी छन् ।

उनले अगाडि लेखेकी छन्– ‘सायद मेरो निद्रासँग अझै धेरै सम्झौता गर्नुपर्छ होला । प्यार प्यारा दिदी बहिनीहरु तपाइहरु पनि म जस्तै निद्रासँग सम्झौता गर्नुभएको छ भने आउनुहोस् । मेरो इनबक्समा दुःख सुखका कुरा गरौं । भन्न नसकेको कुराहरु एक अर्कोसँग साटेर बेस्सरी आँशु झारौं । ’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)