साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गद्यकविता :”सत्य कथा”

म त्यही कथा लेख्छु
तिमी अनि तिम्रो रवाफको
मेरो देश आशुमा डुबेको छ
कलमबाट तारा झारेर
पृथ्वी स्वर्ग अनि
चन्द्र देश बनाउन चाहान्छु
इतिहासका सग्ला अक्षरहरु केलाएर
विवशताको आशुले धोएर
लेखिरहे छु त्यो मैलो इतिहास

Advertisement

म त्यही कथा लेख्छु
जहाँ लाश हुन्छ कात्रो हुदैन
बुर्की हुन्छ अन्न हुदैन
सास हुन्छ आश हुदैन
मुर्दा हुन्छ मलामी हुदैन
जहाँ मुर्दा आफैं चिहान बन्दछ
वीर योद्धाहरु रक्तसागरमा पौडीन्छन्
एउटा नबजातमाथि
फलामे सिक्री सजाइन्छ
आमाका आशुहरु खोसिन्छ

Advertisement

म त्यही कथा लेख्छु
भजन स्तुति
अनि काल्पनिक महलभन्दा भिन्न
त्यो वास्तविक कथा
इतिहासको अभिन्न अङ्ग
अनि गजलका शेरहरु

लेकमा बज्र परेका बेला
तराईमा काकाकुल रोएको बेला
मलाई कथा लेख्न मन पर्छ
हत्केलामा टिपेका भावहरु कापीमा सार्छु
तर
कैले सत्ताका जल्हादहरु बाट
त कैले गोरिल्लाका मल्लाहरु बाट
नस्ट हुन्छन्

धेरै संघर्ष पछि फेरि कथा जन्मिन्छ
यहाँ दुईमा एकलाई असर परेकै हुन्छ
मेरा कलमहरु अनवरत दौडिरहे छन्
रुद र गोलाको सत्य काहानी
अनि
देखेको इतिहास लेख्न
सुनेको कथा कोर्न

म त्यही कथा लेख्छु
प्रत्येक बम र गोला खसेको बेला
एउटा इतिहास जन्मिन्छ
कालो वा सेतो
प्रत्येक घटनासँग अर्को
एउटा कथा जन्मिन्छ
रातो वा सेतो

म त्यही कथा लेख्छु
त्यसैले त
मेरा कथाहरु जिउन सक्दैनन्
प्रत्येक दिन यहाँ ताराहरु झर्छन्
तर ओजनतह किन छेडिदैन रु
जति झर्छन ताराहरु
त्यतिनै थपिन्छ सतह
म त्यही बाक्लो सतहको कथा लेख्छु ।
त्यही सत्य कथा
जुन बर्सौ बर्ष देखि
पीडामा रोइरहेछ रोइरहेछ।
@@@

– याम दंगाल सरोवर
हल्दिबारी, झापा नेपाल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article