हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बाह्रदशीमा शिक्षक कर्मचारीले दिए कोरोना राहत कोषमा ४ लाख भन्दा बढी सहयोग

टीका गणेश – चकचकी , असार २५ । बाह्रदशी गाउँपालिका सामुदायिक विद्यालय शिक्षक कर्मचारी संजालले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा ४ लाख १५ हजार ६ सय ६६ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

Advertisement

संजालले बैशाख १४ गते १,३४,७१०- रुपैयाँ सहयोग गरेको थियो भने आज असार २५ गते २,८०,९५६- रुपैयाँ सहयोग गरेको थियो ।

Advertisement

आज एक कार्यक्रमको बिच उक्त सहयोग रकम संजालको तर्फबाट शिक्षक महासघ बाह्रदशीका अध्यक्ष कमल चम्लागाईले गाउँपालिका अध्यक्ष खड्ग प्रसाद राजवन्सीलाई गाउँपालिकाको कार्यलयमा हस्तान्तरण गर्नु भएको हो ।

उक्त रकम बाह्रदशी गाउँपालिका क्षेत्रमा रहेका १६ वटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीबाट राहत कोषमा सहयोग पुर्याउन उठाइएको हो । राहत रकम हस्तान्तरण कार्यक्रममा बाह्रदशीमा कृयाशिल अगुवा शिक्षक कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)