हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी ४ मा ६० भन्दा बढी जेष्ठ नागरिक सम्मानित

जलथल । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ समावेशी समितिको आयोजनामा ६० भन्दा बढी जेष्ठ नागरिकहरुलाई वडा कार्यलयमा आयोजना गरिएको सम्मान कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

Advertisement

वडा समावेशी समितिको आयोजनामा गरिएको सम्मान कार्यक्रमलाई वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि होम प्रसाद चुडाल ,कार्यक्रमकि अध्यक्ष तथा समावेशी समिति संयोजक ,वडा सदस्य पवित्रा सेन्चुरी ,कार्यपालिका सदस्य गिता तिम्सिना ,वडा सदस्य केदार उप्रेती ,जलथल स्वास्थ्य चौकी प्रमुख राम प्रसाद ढकाल ,सम्मानित व्यक्तित्व लाखध्वज कन्दङ्वा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियोे ।

Advertisement

सम्मानित जेष्ठ नागरिक आमाबुबाहरुलाई प्रमुख अतिथि लगायत अतिथिहरुले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । नेपाल सरकारले दिएको निर्देशन अनुसार समावेशी समुदायका अग्रज जेष्ठ आमा बुबाहरुलाई सम्मान गरिएको समितिले जनाएको छ।

समावेशी समितिका सदस्य समेत रहेका स्थानीय नेपाली काङ्ग्रेसका नेता बडाराम हेमरमले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण वडा सचीव जय प्रसाद पोख्रेलले गर्नु भएको थियोे ।

फोटो : नेत्र बिक्रम बिमली

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)