हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा ” घरेलु हिंसा न्यूनीकरण र सकारात्मक सोच ” सम्बन्धि कार्यक्रम सम्पन्न

” घरेलु हिंसा न्यूनीकरण र सकारात्मक सोच ” सम्बन्धि चेतना मुलुक एक दिवसीय कार्यक्रम हल्दिवारी गाउँपालिका वडा नम्बर ४ समावेशी विकास समितिको आयोजनामा सम्पन्न भएको छ ।

Advertisement

समावेशी समिति कि संयोजक पवित्रा सेन्चुरीको सभापतित्व तथा जेष्ठ वडा सदस्य केदार प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ३० भन्दा बढी समावेशी समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियोे । कार्यक्रमलाई प्रमुख अतिथि केदार प्रसाद उप्रेती , कार्यपालिका सदस्य गिता भण्डारी तिम्सिना ,समावेशी समितिका सदस्य काजिमान घिसिङ लगायतले शुभकामना सहित कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियोे ।

Advertisement

घरेलु हिंसा न्यूनीकरण र सकारात्मक सोच ” सम्बन्धि बिषयमा अधिवक्ता देवि अधिकारी ले सहभागी हरुलाई प्रशिक्षण दिनु भएको थियोे । कार्यक्रमको अन्तमा समावेशी समितिकि संयोजक तथा कार्यक्रमकि अध्यक्ष पवित्रा सेन्चुरीले धन्यवाद दिनुभएको उक्त कार्यक्रमको सहजीकरण वडा सचिव जय प्रसाद पोख्रेल गर्नु भएको थियोे ।

                                     फरक क्षमता भएका युवालाई वडाले दियो ल्यापटप :

हल्दिवारी गाउँपालिका महिला विकास समित वडा नम्बर ४ का आयोजनामा फरक क्षमता भएका एक युवालाई ४० हजार मुल्यको ल्यापटप हस्तान्तरण गरेको छ।

महिला विकास समिति संयोजक गिता भण्डारी तिम्सिना को सभापतित्व तथा वडा सदस्य केदार प्रसाद उप्रेती तथा पवित्रा सेन्चुरीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा फरक क्षमता भएका युवा राम टुडुलाई ल्यापटप दिएको हो ।

कार्यक्रममा सभापति गिता भण्डारी , वडा सदस्य केदार प्रसाद उप्रेती ,पवित्रा सेन्चुरी ,फरक क्षमता भएका स्थानीय युवा समाजसेवी दिल कुमार राजवन्सी लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण वडा सचीव जय प्रसाद पोख्रेल ले गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)