साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

साहित्य पदकबाट सम्मानित भए बेलायतमा ६ नेपाली पत्रकार

बेलायतमा । नेपाली साहित्य विकास परिषद् यूकेले बेलायतमा क्रियाशिल ६ जना पत्रकारलाई साहित्य सम्मान पदक (एनएलडिसी सिल्भर जुब्ली मेडल) प्रदान गरेको छ । २० हजार २५ रूपियाँ राशीको उक्त पदकबाटच्यानल लन्डनका सम्पादक एभरेष्ट गौतम,  कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेल, वी नेपाली डट कमका नरेश खपाङ्गी मगर, नेपाली लिंक डटकमका ध्रुवराज अर्याल, लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिव भण्डारी र नेपाली समाज यूके डटकमका सुशीलप्रताप सिंह सम्मानित भएका हुन्।

Advertisement

विदेशमा रहेर नेपाली भाषा साहित्यको संवर्धन एवं संरक्षण गर्ने कार्यमा सञ्चार क्षेत्रबाट उल्लेखनीय योगदान पुरयाए वापत रजत वर्ष पदक तथा अभिनन्दन पत्र प्रदान गरिएको परिषदका अध्यक्ष कोमल मल्ल श्रेष्ठले जनाएका छन् । आइतबार परिषदले वर्तमान परिस्थितिका कारण जुममार्फत रजत उत्सव कार्यक्रम गरेको थियो ।

Advertisement

रजत उत्सव समारोहका प्रमुख अतिथि परिषद्का संरक्षक बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले रजत उत्सव सम्मान पदक घोषणा गरेका थिए । परिषदले स्थापनाको २५ वसन्त (रजत वर्ष) को सुखद उपलक्ष्यमा परिषद् भित्र रहेर वा बाहिरबाट नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने परिषद्का संरक्षकलगायत पदाधिकारीहरू, कूटनीतिज्ञ, अन्य संघसंस्थाका साहित्यकार र सञ्चार कर्मीहरू समेत गरि ९३ जना सर्जकलाई रजत उत्सव विशिष्ट सम्मान पदक तथा साहित्य सम्मान पदक प्रदान गरिएको जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article