स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोभिड-१९ को खोप पत्ता लाग्दा कसरी गँगटो सङ्कटमा पर्छ ?

कोभिड-१९ विरुद्ध खोप बन्यो भने त्यो सबैका लागि हर्षको विषय हुन्छ। तर होर्सशू क्र्याबु भनिने एकखाले गँगटोका लागि भने दुःखद अवस्था सिर्जित हुन्छ।विश्वव्यापी वितरणका लागि खोप बन्ने स्थिति आउनु भनेको गँगटोजस्ता क्रस्टेशन वर्गका जीवको माग बजारमा बढ्नु हो। होर्सशू क्र्याबु विश्वको पुरानो जीवमध्ये एउटा हो। यो डाइनसोरभन्दा पहिलेदेखि अस्तित्वमा रहेको र ४५ करोड वर्ष पुरानो मानिन्छ। खोप सुरक्षित छ कि छैन भनेर परीक्षण गर्न तिनको रगत प्रयोग गरिन्छ। अहिले विश्वभरि अनुसन्धानकर्ताहरूका झन्डै २०० वटा समूह खोप निर्माणको काममा जुटेका छन्। तीमध्ये १८ वटा खोपको मानव परीक्षण भइरहेको छ।

Advertisement

अधिकांश विज्ञहरू सन् २०२१ को मध्यतिरबाट खोप प्रयोगका लागि उपलब्ध हुने अपेक्षामा छन्।वैज्ञानिकहरूले सन् १९७० देखि नै होर्सशू क्र्याबुको रगत निकाल्दै आएका छन्। चिकित्सकीय उपकरण र औषधिमा जीवाणु छन् कि छैनन् भन्ने जाँच्न यसको प्रयोग हुन्छ।

Advertisement

चिकित्सकीय उपकरणमा खतरनाक जीवाणु भए भने बिरामीको ज्यान जान सक्छ। तर ुहोर्सशू क्र्याबुको रगत सूक्ष्मजीवले बनाउने विषप्रति निकै नै संवेदनशील हुन्छ। मानिसको शरीरभित्र जाने कुनै पनि कुराको उत्पादनका बेला त्यो दूषित छ कि छैन जाँच्नका लागि यो प्रयोग गरिन्छ। त्यस्ता कुरामा खोपदेखि लिएर रक्तनलीमार्फत् औषधि दिन प्रयोग हुने उपकरणदेखि शरीरभित्रै राखिने चीकित्सकीय उपकरण पनि पर्छन्। एट्लान्टिक स्टेट्स मरीन फिशरिज कमिशनका अनुसार हरेक वर्ष करिब पाँच लाख ुहोर्सशू क्र्याबु जीवचिकित्सामा प्रयोग गर्नका लागि सङ्कलन गरिन्छ।

उक्त सामुद्रिक गँगटोको रगत विश्वकै सबैभन्दा महँगो तरल पदार्थ हो। यसको एक लिटर रगत १५,००० डलरसम्ममा विक्री हुन्छ। यो जीवको रगतको रङ्ग नीलो हुन्छ। किनभने यसको रगतमा तामाको मात्रा हुन्छ। मान्छेको रगतमा फलामको मात्रा हुने भएकाले रातो हुन्छ। वैज्ञानिकहरूले यसको रङ्ग नीलो भएर मात्र यसमा चासो देखाएका भने होइनन्। यो जीवको रगतमा एउटा विशेष प्रकारको रसायन हुन्छ जसले ब्याक्टेरियावरिपरि जम्मा भएर तिनलाई जमाइइिन्छ।

एकदमै कम रगतको मात्राले पनि ब्याक्टेरिया खुट्याउन सक्छ। अमेरिकी र एशियाली प्रजातिबाट सङ्कलित रगत प्रयोग गरेर दुई भिन्न प्रकारका परीक्षण गरिन्छ। गँगटोको मुटुको छेउमा प्वाल पारेर करिब ३० प्रतिशत रगत सङ्कलन गरिन्छ। त्यसपछि उक्त जीवलाई फेरि आफ्नै संसारमा फर्काइन्छ। तर अध्ययनले यसरी रगत तानिएका तीनदेखि १० गँगटाहरू मर्छन्। बाँचेका पोथीहरूलाई पनि प्रजननमा समस्या हुन्छ।विश्वमा यो जीवका केवल चार प्रजाति बाँकी छन्। यी प्रजाति पनि जीवचिकित्सामा प्रयोग गरिएकाले, माछाको आहारा बनेकाले र प्रदूषणका कारण खतरामा परेका छन्।

वैज्ञानिकहरूका अनुसार विश्वभरि जनसङ्ख्या र आयु बढ्दा गँगटोको रगत प्रयोग गरेर हुने परीक्षण बढ्ने सम्भावना छ। संरक्षणको क्षेत्रमा सक्रिय अभियानकर्मीअरू कृत्रिम रसायन प्रयोग गरिने परीक्षणलाई प्रोत्साहन दिनुपर्ने बताउँछन्। तर औषधि उत्पादकहरू त्यस्ता परीक्षण परिणामजनक हुन्छन् भन्ने प्रमाणित हुनुपर्ने बताउँछन्। जुन महिनामा अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए)ले विषालु कुरा पहिचान गर्न अर्को विकल्पलाई प्रमाणित गर्न नसक्ने निर्णय गरेको छ। अर्थात् अमेरिकामा धेरै औषधि र खोपहरू विक्री गर्न चाहने कम्पनीहरूले धेरैभन्दा धेरै उक्त जीवको रगतलाई परीक्षणका क्रममा प्रयोग गर्नुपर्ने हुन्छ।

समाचार: बीबीसी नेपाली सेवा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article