नबराज बिकको चितताबाट पत्र
पिरतिको खेलमा आज हार्यो भनिदिए !
एक्लो छोरा मनराजलाई मार्यो भनिदिए !!हजारौं सपना मेरा पुरा गर्ने भगवानले नि !
हुन्छ पुरा गर्छु भन्दै टार्यो भनिदिए !!
साथी आउलान भेटघाट गर्न सँङ्गि आउलान सोध्न !
खबर सुनाई दोधारमा पार्यो भनिदिए !!मलाई भेट्न घरमा हैन अनलाईन पठाई दिनु !
अचेल बसाई युटुब तिर सार्यो भनिदिए !!अन्तिम पत्र चिताबाट पठायो र उसले आज !
सबको आँखा बाट आशु झार्यो भनिदिए !!निर्दोष गोबिन्द
खार्पुनाथ -४ हुम्ला (हाल-जुम्ला)
समाचार
हल्दिबारी संवाददाता
६ वर्ष अगाडि
गजल :अन्तिम पत्र चिताबाट
