हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

महानायक विवाद : संक्रिमित सोच ,राम्रो गरेको देख्न नसक्ने प्रवृत्तिबाट हामी पछि परेका छौ-पुष्कर भट्ट

क्यानडा l  नेपालमा  अहिले भैरहेको controversy सुन्दा अझै हामी धेरै पछाडि छौ‌ जस्तो आभास हुन्छ। बिडम्बना हामी प्राकृतिक स्रॊतबाट सम्म्पन भएता पनि।

Advertisement

संक्रिमित सोच भ्रष्टाचार,  नेपोटिजम र एक अर्काले राम्रो गरेको देख्न नसक्ने प्रवृत्तिबाट धरै पछाडि परेका छौ‌। संसारका धेरै देशहरु छन् जसले छोटो समयमा कायापलट गरेका छन्। हामी आफ्नो सानो स्वार्थका लागि देशको कयौ गुणा नोक्सन गर्न पछि हट्दैनौ।

Advertisement

अझै हामीले धेरै कुराहरु सिक्न बाँकी छ। अहिलेको जुन सामन्य विषय थियो। दीपाश्री निरौला र राजेश हमालजीको प्रजातान्त्रीक पद्दतीमा अग्रसर मुलुकमा सबैको नैसर्गिक अधिकार छ भनेर त भन्छन्। तर, त्यो सबैका लागि होइन रहेछ।

दीपाजीको interview अनुसार राजेशजी सिनेमा क्षेत्रका बलियो खम्बा हुन् जसले industry हाकेर आउनु भएको सत्य हो। तर, अहिलेको यो महामारीको बिसम परिस्थितिमा मौन रहनु भयो। महानायकको उपाधी पाइसकेका व्यक्तिको चलखेल देखिएन। जो देश र जनताका लागि एउटा महलमको काम गर्न सक्छ भन्ने भनाइ हो।

तर, त्यो भनाइको अर्थ बिपरित बनाएर केही सिनेमा क्षेत्रका बरिष्ठ ब्यक्ति सम्जिने तत्वले यस्ता असह्य शब्द प्रहार गरेर दीपाजीलाई depression तिर धकेली रहेको कुरा नकार्न सकिदैन। म पनि त्यो industry को सामान्य पार्ट भएकोले मेरो पनि धेरै चित्त दुखाई छ।

नाम लिएर साद्य छैन अहिलेका च्याउ उम्रेजस्ता उम्रिएका youtube पत्रकारहरुले राखेका छन्। दीपाजी सहि हो भन्दिन उहाँको भनाइमा अलि दम्भ अवस्य देखिएको छ। तर, यसलाई कसैको career सँग जोडेर आफ्नै परिवारबाट लखेटिनु कुनै बहादुरी पनि होइन। दीपाले आफ्नो गल्ती पनि स्वीकार गरेकी छिन्। जुन किसिमले बौद्धिक जमातबट आएका पिडा दायक टिप्पणी छन्।

जस्तै बैनीको चुरी फुरी अब career गयो झापट हान्दिन्थे। धेरै कुराहरु हाम्रो सानो अविकशित र भ्रष्टाचार थिचिएको मुलुक जहाँ राजनिति देशका लागी होइन धनी बन्नका लागि चल्छ। जहाँ राम्रो होइन आफ्नोलाई स्थान दिन्छ। जुन् देशमा स्याना स्याना ब्यबसयालाई industry घोषित गरिन्छ, जुन देशमा सिनेमा industry बनेको छैन हरेक होनहार युवा यूवती आफ्नो भबिश्यको खोजीमा हरेक दिन पलायन हुने गर्दछ।

अरू देशमा सरकारबाट कलाक्षेत्र ठूलो सम्मानी पद भुन्नुहाेस्, अन्य अन्यलाई सम्मान गर्छ हाम्रो देशको बिडम्बना एउटा महानायकको उपाधि एउटा संचार कर्मीबाट हुन्छ त्यसैले म भन्छु संकीर्ण सोचबाट उम्किउ र फराकिलो सोच बनाऊ जसले हाम्रा भावी पुस्ताले गर्भ गरुन। अन्यथा सराप्ने छन्, ति हाम्रा भोलिका देश निर्माताहरुले।

र कुरा आयो दीपा-दीपकजीको सिनेमा careerको त्यो जनता जनार्दनको हातमा छ। हामी सिनेमाकर्मीहरुले content बनाउने हो। कसैको भविष्यकाे जिम्मा हामी तपाईले नलिए हुन्छ श्री पशुपतिनाथ हुनुहुन्छ चिन्ता गर्ने।

” लेखक पुष्कर भट्ट ५ बर्ष देखि क्यानाडा बस्दै आएका छ्न । नेपाली सिने जगतका चर्चित खलनायक भट्टले हाल नेपालमा कलाकार बिच भएको बिषयलाई निजि बिचारको रूपमा प्रस्तुत गर्नु भएको छ ।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)