हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अयोध्यापुरी बारे अनुसन्धान हुने, पुरातत्व विभागले उत्खनन गर्ने !

काठमाडौँ – पर्सा स्थित ‘अयोध्यापुरी’को उत्खनन गरिने भएको छ। वीरगञ्ज पश्चिममा पर्ने ‘अयोध्यापुरी’को पुरातत्व विभागले उत्खनन गर्ने भएको हो।

Advertisement

प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली अयोध्या रहेको बताएसँगै पुरातत्व विभागले त्यस बारे चासो देखाएको छ। त्यस क्षेत्रमा अध्ययन र उत्खनन गर्ने तयारीमा पुरातत्व विभाग छ।

Advertisement

प्रधानमन्त्रीले सार्वजनिक रुपमै अयोध्यापुरी नै अयोध्या रहेको बताएसँगै अनुसन्धान गर्नुपर्ने अवस्था आएको विभागले जनाएको छ। सरकारबाट निर्देशन आए लगतै अनुसन्धान गर्ने विभागको तयारी छ।अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको लागि ठूलो बजेट लाग्ने विभागको भनाई छ।

उक्त क्षेत्रमा अनुसन्धानका लागि सरकारले निर्देशन र बजेटको व्यवस्था गरिएलगतै उत्खननको कार्य शुरु गर्न सकिने विभागले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)