हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जिपि कोइराला भवन बेवारिसे अवस्थामा ,लागूऔंषधी र यौन क्रिडास्थल बन्दै

 शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको नाममा बन्दै गरेको झापा चन्द्रगढीमा रहेकोे जिपि कोइराला भवन बेवारिसे अवस्था रहेको हेर्न सकिन्छ। नेपालका तीन प्रधानमन्त्रीहरु स्व. सुशील कोइराला ,पुस्प कमल दाहाल तथा केपि ओलि बाट शिलान्यास भएर शुरु गरिएको भवन लागू औषधि कर्ताहरुको मिलन केन्द्र बन्दै गएको स्थानीयहरु बताउछ्न ।

Advertisement

के को अभावले उक्त भवन बन्न नसकेको र बेवारिसे अवस्थामा छोडेर यौन कृडास्थल तथा लागूऔंषधी कर्ताको जमघट केन्द्र बनाईदै छ ? संबंधित निकायको ध्यानाकर्षण गर्दछौं ।

Advertisement

 ” फेसबुकमा काङ्ग्रेस कार्यकर्ता गणेश प्रसाद पौडेलले एउटा स्टाटर्स लेखेपछी हल्दिवारी डटकमको टिम अवलोकन गर्न त्यहाँ पुग्दा तीन जोडिहरु बसिरहेको भेटियो ।”

नेपाली राजनीतिमा शिखर पुरुषको नामले चिनिएका स्व. गिरिजा प्रसाद कोइराला नाममा बनाउन थालिएको जिपि भवन लाई पूरा गर्न काङ्ग्रेस के हेरेर बसेको छ ? सरकार के नाटक गर्दै छ ? जङ्गलबाट हामिलाई शहर ल्याउने कोइराला जस्ता महानायक प्रती प्रचण्ड कमरेड के गर्दै हुनुहुन्छ ? सरकार ,काङ्ग्रेसले पैसाको अभावबाट भवन बनाउन नसकिएको हो भने जनतालाई जिम्मा देउ ??

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)