हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कठैबरा दलित- जनजाति आयोग:मुकुन्द कालिकोटे

कठैबरा दलित आयोगको र जनजाति आयोगको दशा, कहाँ एनजिओ, आईएनजिओ कहाँ दलित र जनजाति आयोग । डलरको अगाडि नेपाल सरकारले दिएको सीमित रुपैंयाले जाबो गाडि नै किन्न नपुग्ने ।

Advertisement

आयोगको पद निश्चित समयको पद, डलरवादी खेती सदावहार कसले दुःख गरोस् । दलित र जनजाति शब्दलाई नेपाल सरकारले के चिन्छ, जसरी मिसिनरी डलरवादीहरुले चिनेका वा चिनाईएको छ ।

Advertisement

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सांसदहरुले राष्ट्रिय दलित आयोग र आदिवासी तथा जनजाति आयोगका सचिवलाई झपारे र के भो र एक छिनको लागि मुख रातो, निलो र कालो भयो त अन्नदाताहरुले विश्वास गरे कै छन् ।

मुख्य विषय विदेशीहरुलाई देखाउँने रित्तो भाँडो दलित र जनजाति शब्द चाँही नहराओस् किन कि दलित आयोगले दलितको लागि र आदिवासी तथा जनजाति आयोगले उनीहरुका लागि उन्नतीशील काम गर्यो भने विदेशीलाई के देखाएर भँजाउने डलर झार्ने र विदेशतिर सैर गर्ने हैन ?

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)