स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ऐश्वर्या रायलाई स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना

बलिउड अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । उनलाई कोरोनाभाइरस संक्रमण भएको छ ।स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो ।

Advertisement

४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् । तर स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई अस्पताल लगिएको भारतीय मिडियाहरुले लेखेका छन् ।

Advertisement

उनका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड १९ को उपचार भइरहेको छ । गत साता अभिनेता बाबुछोरालाई कोरोनाभाइरस संक्रमण भएको थियो । त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article