विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अबदेखि एक बैंकको एटीएम कार्ड अर्को बैंकमा कारोबारमा पैसा नलाग्‍ने !

अबदेखि एक बैंकको एटीएम कार्ड अर्को बैंकमा कारोबारमा गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमार्फत चालू आर्थिक वर्षदेखि जुनकुनै बैंकमा कारोबारमा अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था गरेको छ।

Advertisement

यसअघि बुधबारको बैंकर्स एशोसिएशन संघले साउन एक गतेदेखि कारोबारमा अतिरिक्त शुल्क लाग्ने निर्णय गरेको थियो । तर सो निर्णय भएको दुई दिन पश्चात नै राष्ट्रबैंकले पैसा नलाग्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गरेको छ ।

Advertisement

यसअघि कोरोना भाइरस (कोभिड(१९)सँगै मुलुक गत चैत्र ११ गते देखि लकडाउनमा गएसँगै बैंकहरुले स्वत अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article