समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

काठमाडौँ, ३ साउन:  गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

Advertisement

महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा काम गरिरहेका बेला आएको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको उल्लेख गरेका छन् ।

Advertisement

यस्तो घटनामा महासङ्घको ध्यानाकर्षण भएको बताउँदै उनले नागरिकको सेवामा लागेका जनप्रतिनिधिमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले आक्रमण भएकाले दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । घाइते कार्कीको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । महासङ्घले उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article