स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बितेको २४ घण्टामा १५० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १७ हजार ९९४ पुग्यो

काेराेना

नेपालमा आज ९मंगलवार० थप १५० जनामा कोरोना भाईरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ९९४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

Advertisement

उनका अनुसार कोभिड १९ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । नेपालमा हिजो (सोमवार) १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article