समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

“चार महिना लामो लकडाउनको अन्त्य भयो”

काठमाडौँ – कोरोना भाइरस संक्रमण रोक्थाप तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अन्त्य भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले चार महिनापछि लकडाउन अन्त्य भएको बताए। उनले चैत ११ देखि सरकारले लगाएको लकडाउन मंगलबार राति १२ बजेपछि अन्त्य हुने बताए।

Advertisement

मन्त्री खतिवडाले मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने क्रममा सरकारले लकडाउनका कारण बन्द भएका क्षेत्र खुल्ला गर्ने निर्णय गरेको पनि जानकारी दिए।

Advertisement

सरकारले लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय खोल्ने निर्णय गरेको उनले जानकारी दिए। साउन १५ गतेबाट होटल खुल्ने निर्णय गरेको उनको भनाई छ। यधपी भोज र पार्टीमा भने प्रतिबन्ध जारी रहनेछ। सरकारको निर्णय अनुसार होटेलमा भोज र पार्टी गर्न भने पाइने छैन ।

कोरोना भाइरसका कारण बन्द रहेको हवाई उडानहरु भदौबाट सुचारु हुने भएका छन् । आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान भदौ १ गतेबाट सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article