समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जलथलका दुर्गाबहादुर थापा मगर ज्यान मुद्धामा १७ वर्षपछि पक्राउ

 – द्रोण अधिकारी

Advertisement

१७ वर्ष अगाडि कुटपिट गरी ज्यान मारेर फराररहेका झापाको साविक जलथल ८ का दुर्गाबहादुर थापा मगरलाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

Advertisement

२०६० साल कार्तिक ३० गते छोरीका घर जलथल आएका साविकको टागनडुब्बा ४ बस्ने ४५ वर्षीय बरिकलाल माझीलाई सामान्य विवादका क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएर फरार भएका मगर १७ वर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन आयोजना गरी दिएको जानकारी अनुसार छोरीको घर आएका माझी साझ ७ बजेतिर घुम्न निस्कने क्रममा साविक जलथल ८ स्थित मणिकुमार राईको भट्टी पसलमा चुरोट मागेकोमा पसल सञ्चालककी छोरीले चुरोट दिँदा हात समाएको भन्दै विवाद हुँदा पक्राउ परेका थापा र फरार रहेका खेम फुँयलले कुटपिट गर्दा ढाड भाँचिएको अवस्थामा माझी गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा घाइते माझीको मृत्यु भएपछि दुर्गा तथा खेम बिरूद्ध ज्यान मारेको अभियोग लगाएर मृतकका ज्वाई बिष्णुलाल माझीले जाहेरी दिएका थिए ।

झापा जिल्ला अदालतबाट २०७७।०१।३० गते पक्राउ अनुमति लिएर खोजी तीव्र गरिएको जनाउदै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले आरोपी दुर्गा मगर भन्ने दुर्गाबहादुर थापा मगरलाई प्रहरी निरीक्षक साकारराज पन्तको कमाण्डमा खटिएको बिशेष टोलिले यही साउन २२ गते मेचिनगर न।पा वडा नं। १२ स्थित शहरेडाँगी स्थित रहेको आफन्तको घरमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जानकारी दिए ।

प्रमुख कोइरालाका अनुसार पक्राउ परेका मगरलाइ जिल्ला अदालत झापामा पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ भने फरार रहेका अर्का आरोपी फुँयलको खोजी तीव्र पारिएको छ l साभार : आखाबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article