झापाको मेचीनगर नगरपालिकामा एक चिकित्सकसहित ४ जना समुदायका मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिका १० स्थित आम्दा अस्पतालका एक जना चिकित्सकलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
यस अघि सङ्क्रमण पुष्टि भएका मेचीनगर १० का १५ बर्षिय युवकका परिवारका दुई जना सदस्यमा समेत सङ्क्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाले जनाएको छ ।
समुदायस्तरमा गरिएको पिसिआर परीक्षणको बुधबार आएको नतिजा अनुसार मेचीनगर ७ का एक पुरुषमा पनि सङ्क्रमण देखिएको छ ।यी ४ जनासहित मेचीनगरमा सङ्क्रमितको संख्या १०० पुगेको छ ।
स्वास्थ्य
हल्दिबारी संवाददाता
६ वर्ष अगाडि
मेचीनगरमा चिकित्सकसहित ४ जनामा कोरोना भाइरसको सङ्क्रमण

