स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धादिङको खानीखोलामा रक्तदान कार्यक्रम सम्पन्न- ६५ पिन्ट रगत संकलन ।

 अन्तराष्ट्रिय युवा दिवस-२०७७ को अवसरमा आज लायन्स क्लब अफ धादिङ पिस खानीखोला तथा लियो क्लब अफ पिस खानीखोलाको आयोजना एंव नेपाली रक्तदाता संघ, नेक्षत्र बचत तथा ऋण सहकारी संस्था लि. र पब्लिक बचत तथा ऋण सहकारी संस्था लि. को प्रायोजनमा बृहत रक्तदान कार्यक्रम उत्साहपुर्ण र भब्यताका साथ सम्पन्न भएको छ।

Advertisement

रक्तदान कार्यक्रममा संचार सहयोगीको रूपमा कृषि रेडियो १०१.५ मेगाहर्ज रहेको थियो । मच्छिन्द्र मा. वि. खानीखोलाको प्राङ्गणमा भएको उक्त कार्यक्रममा ६५ जनाले रगतदान गर्नुभएको नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीले जानकारी दिनु भयो।

Advertisement

कार्यक्रमको ब्यवस्थापकिय पक्षमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा तथा रक्तदान कार्यक्रम मार्फत रक्तदान गर्नुहुने सम्मानित रक्तदाताहरु प्रती नेपाली रक्तदाता संघले हार्दिक धन्यवाद र कृतज्ञता जाहेर गरेको छ । रक्तदान गर्ने दाताहरुलाई प्रमाणपत्र र अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको डायरि वितरण गरिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article