स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा थप५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या ९९

नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

Advertisement

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

Advertisement

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारणज्यान गुमाउनेको संख्या ९९पुगेको छ । पछिल्लो २४ घण्टायता थप ४ जनाको निधन भएको हो ।

काठमाडौं उपत्यकामा आज थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ८३, ललितपुमा ३० र भक्तपुरमा ६ जना गरी जम्मा ११९ जना संक्रमित थपिएका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article